लक्ष्मी बैंक लिमिटेडले भाइबर बैंकिङ सेवा ल्याएको छ। म्यासेजिङ एप भाइबरमार्फत् बैंकिङ सेवा तथा सुविधाको बारेमा जानकरी दिने उद्देश्यले सेवा ल्याइएको बैंकले जानकारी दिएको छ।
भाइबरमा रहेको “लक्ष्मी बैंक पब्लिक एकाउन्ट” मा आबद्ध भए पछि विभिन्न बैंक सम्बन्धित सूचनाहरु सहज रुपमा तत्कालै प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ।
बैंकका अनुसार ग्राहकहरुले भाइबर सेवा अन्तर्गत आफ्नो खाताको विवरण, व्यालेन्स, मिनि स्टेटमेन्ट लगायत बैंकका शाखाहरु, बैंकका एटिएमहरु कहाँकहाँ छन् भन्ने जानकारी, विदेशीमुद्राको विनिमयदरजस्ता जानकारी पाउने छन्।