एनआईसी एसिया बैंकले एकै दिन दुई नयाँ शाखाहरु संचालनमा ल्याउको छ। सिन्धुलीमाडीको कमलामाई नगरपालिका तथा लमजुङको बेसीशहर नगरपालिकामा दुई शाखाहरु संचालनमा आएको बैंकले जनाएको छ।
कमलामाईको सिन्धुली जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनेश कुमार श्रेष्ठ तथा बेशीशहर शाखाको लमजुङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाले उद्घाटन गरे।
यी दुई शाखा कार्यालयसँगै बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु पुगेका छन्। १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ। हरेक सम्भावित बजार क्षेत्रमासेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना बैंकले अगाडि सारेको छ।