जनता बैंकका नवनिर्वाचित अध्यक्ष केशवबहादुर रायमाझीले गभर्नर डा. चिरञ्जिवि नेपालबाट सपथ ग्रहण गरेका छन्।
नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गभर्नर नेपालबाट उनले पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार ग्रहण गरे। यसअघि सम्पन्न संचालक समितिको बैठकबाट रायमाझी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका थिए।
आफूले सपथ लिएपछि जनता बैंकमा आयोजित कार्यक्रममा रायमाझीले निर्वाचित संचालक समिति सदस्यहरु लंङ्कबहादुर के.सी, रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, विनितकुमार अग्रवाल र संजिव न्यौपानेलाई सपथ ग्रहण गराए। नव निर्वाचित सदस्यहरुले आजैबाट कार्यभार सम्हालेका छन्।
सो अवसरमा रायमाझीले आगामी ५ बर्षभित्र जनता बैंकलाई अग्रणी बैंकका रुपमा रुपान्तरण गरीने प्रतिबद्धता जनाए।