सिद्धार्थ बैंकले एकै दिन ६ वटा थप शाखाहरु संचालनमा ल्याएको छ।
बैंकले बिहीबार संखुवासभाको मकालु, रामेछापको गोकुलगंगा, सिन्धुलीको गोलन्जर, बाराको आदर्श कोटवाल गाउँपालिकामा शाखा कार्यालय संचालनमा ल्याएको हो।
त्यस्तै बाजुराको बुढीगंगा र पर्साको बहुदुरमाई नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ। यी शाखाहरु मार्फत स्थानीय सरकारको सम्पूर्ण खाता कारोवार समेत संचालन हुनेछ।
शाखाबाट सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा दिइने बैंकले जनाएको छ।
शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई बचत परिचालन, उद्यमशिलताको वृद्घिलगायत आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ। बैंकले निकट भविष्यमा नै बैंकिङ्ग पुहँच नपुगेका अन्य ४ गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ।
हालै सञ्चालनमा आएकासहित बैंकका कुल शाखा संख्या ९२ पुगेको छ। पुस मसान्तसम्म बैंकले कुल ८५ अर्ब ५७ करोड निक्षेप संकलन तथा ७६ अर्ब ९५ करोड कर्जा लगानी गरेको छ।