ज्योति विकास बैंकले एससिटी डेविट कार्डलाई भिसामा प्रतिस्थापन गरेको छ। अब एससिटीका ग्राहकले पुरानो कार्डको सट्टामा सबन्धित शाखाबाट भिषा कार्ड निशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
साथै बैंकले आफ्ना सेवालाई थप आत्याधुनिक र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ। संचालनमा आएको दशौं वर्षमा पुगेको बैंकले निःशुल्क इन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबिबिएस सेवा समेत उपलब्ध गराउँदै आएको छ।
हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ। निकट भविष्यमानै बैंकको १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ। हालसम्म बैंकले १३ अर्व ४५ करोड निक्षेप संकलन गरी १२ अर्व ४३ करोड ऋण लगानी गर्न सफल भएको छ। बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्तापूँजी २ अर्व ५९ करोड पुग्ने जनाएको छ।