एनएमबि बैंकले दोस्रो त्रैमासिक अवधिमा ४३ प्रतिशतले नाफा बढाएको छ। बैंकले साउनदेखि पुस मसान्तसम्म एक अर्ब नाफा कमाएको छ।
गत आवको यस अवधिमा उसले ७० करोड खुद नाफा कमाएको थियो।
त्यसैगरी बैंकले निक्षेप ८.६ अर्ब तथा कर्जा ६.६ अर्बले बढाएको छ। हाल बैंकको निक्षेप ८०.५५ अर्ब तथा कर्जा प्रवाह ७०.९३ अर्ब पुगेको छ।
यस अवधिमा बैंकले आफ्नो निश्कृय कर्जालाई १.६७ बाट झारेर १.२० प्रतिशतमा सीमित गरेको छ। यस बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट दी बैंक अफ दी इयर २०१७ को उपाधी समेत पाएको छ।
हाल एनएमबि बैंकको ९३ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ।