नविल बैंकले एक वर्षको अवधिमा ९ करोडले खुद नाफा बढाएको छ।
कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुससम्मको नाफा १ अर्ब ८३ करोड छ। गत वर्षको यस अवधिमा १ अर्ब ७४ करोड थियो।
बैंकको निश्क्रिय कर्जा बढेको छ। गत वर्ष यस्तो कर्जा १ प्रतिशतमुनि ०. ९ प्रतिशत रहेकोमा अहिले १.१३ पुगेको छ। कम्पनीको जगेडा कोषमा ७ अर्ब ९० करोड छ।
प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ४९ पैसा छ। गत वर्षको यस अवधिमा यो ५६ रुपैयाँ थियो। कम्पनीको मूल्य आम्दानी अनुपात २३ छ। गत वर्षको नाफाबाट उसले ३० प्रतिशत बोनस तथा १५ प्रतिशत नगद लाभांश दिएको थियो।