ज्योति विकास बैंकको शाखा झापाको दमकमा संचालनमा आएको छ। नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक विनोदराज आचार्य र दमक नगरपालिका ६ का अध्यक्ष टेकबहादुर थापाले संयूक्त रुपमा शाखाको उदघाटन गरे।
बैंकले निकट भविष्यमा नै थप १० शाखा संचालनमा ल्याउने लक्ष्य राखेको छ। ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखी बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै एबिबिएस सेवा समेत उपलब्ध गराएको छ।
हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ। हालसम्म बैंकले १३अर्व ४५ करोड निक्षेप संकलन गरी १२ अर्व ४३ करोड ऋण लगानी गर्न सफल भएको छ। बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्ता पूँजी २ अर्व ५९ करोड पुग्नेछ।