एनसीसी बैंकको शाखा महाराजगन्जमा संचालनमा आएको छ। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले शाखाको एक कार्यक्रमका बीच उद्घाटन गरे।
उक्त समारोहमा पौडेलले सुगम क्षेत्रमा मात्र बैंकहरु सिमित नभई नेपाल सरकार र राष्ट्र बैंकले तोेकेका ग्रामिण क्षेत्रमा शाखा खोली दु्रत सेवा उपलव्ध गराउन अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए। बिजुली, इन्टरनेटजस्ता सुविधा नपुगेका भेगमा स्थानीय निकायहरुसंग सहकार्य गरी अघि बढ्न उनले आग्रह गरे।
काठमाण्डौं महानगरपालिका, वडा नं. ३ का वडा अध्यक्ष श्री दिपक के.सी. ले काठमाण्डौं महानगरको वडा नं. ३ कार्यालय एनसीसी बैंकसंग नजिक बसेर काम गर्न ईच्छुक रहेको भन्दै वडा कार्यालयबाट बचत परिचालनका अवसरहरु उपलव्ध गराउन तत्पर रहेको बताउनु भयो ।
संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले शाखाबाट उत्कृष्ट सेवाहरु सुम्पिने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले छिटै नै नेपाल राष्ट्र बैंकले तोकेका १६ ग्रामीण स्थानीय निकायहरुमा शाखा विस्तार गर्न लागेको बताए।