विदेशी मुद्राको विनिमय दर दैनिक परिवर्तन हुन्छ। विदेशबाट पैसा पठाउँदा मुद्राको दरको बारेमा जानकारी भए आफूले पठाएको पैसा कति हुन्छ भन्ने अन्यौल रहँदैन।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सटहीदरअनुसार बुधबार अमेरिकी डलरको खरिददर १०२ रुपैयाँ ४९ पैसा र बिक्रिदर १०३ रुपैयाँ ०९ पैसा रहेको छ।
युरोको खरिद मूल्य १२७ रुपैयाँ १६ पैसा, बिक्री मूल्य १२७ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै युके पाउण्ड स्टर्लिङको खरिद मूल्य १४३ रुपैयाँ ०७ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ९१ पैसा कायम भएको छ।
साउदी रियालको खरिद मूल्य २७ रुपैयाँ ३३ पैसा र बिक्री मूल्य २७ रुपैयाँ ४९ पैसा रहेको छ, भने कतारी रियालको खरिद मूल्य २८ रुपैयाँ १५ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ३१ पैसा कायम छ।
त्यस्तै युएइ दिरामको खरिद मूल्य २७ रुपैयाँ ९० पैसा र बिक्री मूल्य २८ रुपैयाँ ०७ पैसा रहेको छ। मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २६ रुपैयाँ १८ पैसा र बिक्री मूल्य २६ रुपैयाँ ३३ पैसा तोकिएको छ।
बाणिज्य बैंकहरुमा पैसा सटही गर्दा केही रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।