बुधबार सेयर बजार १२ अंकले ओरालो लागेको छ। सो अंकको गिरावटसँगै नेप्से १३८२ अंकमा कायम भएको छ।
१५२ कम्पनीको २६ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। व्यापार र फाइनान्सबाहेकका सबै उपसूचक ओर्लिए। ब्यापार ३ र फाइनान्स ४ अंकले बढेका छन्।
बैकिङ १०, होटल १८, विकास बैंक ६, जलविद्युत १, बिमा ८३, उत्पादन १६, अन्य ९, माइक्रोफाइनान्स १५ अंकले घटेका छन्।
यस दिन नेपाल बैंकको सबै भन्दा बढी रकमको कारोबार भयो। कम्पनीको ५ करोड १८ लाखको शेयर कारोबार भयो। उसले १ करोड ७६ लाख कित्ता एफपिओ निश्कासन गर्ने भएपछि यस दिन नेपाल बैंकका लगानीकर्ता सेयर बेच्न सक्रिय रहे।
बजार मूल्यभन्दा सस्तोमा एफपिओ पाइने र एफपिओपछि सेयर आपूर्ति बढ्ने भएपछि लगानीकर्ताहरु कम मूल्यमै बेच्न सक्रिय रहे। जसले गर्दा कम्पनीको मूल्य भने ३ दशमलव ८ प्रतिशतले घटेको छ। सिभिल बैंक पनि कारोबारका आधारमा अगाडि रह्यो।
गुहेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्सका शेयर धनीले ६ प्रतिशत, सुर्योदय लघुवित्त वित्तीय संस्था र गोर्खा फाइनान्सका शेयर धनीले ५ प्रतिशत कमाए।
कालिका माइक्रो क्रेडिट विकास बैंक र समिट माइक्रोफाइनान्सका शेयरधनीले धेरै गुमाए।