लक्ष्मी बैंकले तनहूँको म्याग्दे र सुनसरीको झोक्राहा गाउँपालिकामा दुई शाखा संचालनमा ल्याएको छ। योसँगै लक्ष्मीको तनहुँमा दोस्रो र सुनसरीमा तेस्रो शाखा पुगेको छ।
देशभर लक्ष्मीको शाखा संख्या ७६ तथा एटिएम काउन्टर ९८ पुगेको छ।
शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।
गत आर्थिक वर्षसम्म ५९.३२ अर्ब निक्षेप र ५२.७३ अर्ब कर्जा पुर्याएको बैंकको वासलातको आकार ७०.९० अर्ब रहेको छ।
सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो।