नेसनल लाइफ इन्स्योरेन्सले न्यूरोडमा शाखा संचालनमा ल्याएको छ। शाखाको बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले उदघाटन गरे।
सो अवसरमा चापागाईंले २०७५ असार मसान्तभित्र जीवन बिमा कम्पनीहरुले चुक्ता पुँजी २ अर्ब पुर्याउनुपर्ने बताए। यस क्षेत्रमा बीमालेख व्यतित हुने समस्या (ल्याप्स रेसियो)मा सुधार गर्नु पर्ने अवस्था रहेको भन्दै उनले अभिकर्ता र कर्मचारीलाई राम्रोसँग तालिम दिन सबै कम्पनीहरुलाई आग्रह गरे।
चापागाईले बीमा कम्पनीहरुको संयुक्त प्रयासमा एउटा तालिम प्रदान गर्ने संस्थाको व्यवस्था गर्ने तयारी भएको बताए।
कम्पनी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको व्यवसाय सन्तोषजनक रहेको र चालु वर्षको पहिलो ६ महिनामा २४३ करोड बराबर प्रिमियम आर्जन गर्न सफल भएको जानकारी दिइन्।
कम्पनीको जारी बीमालेख संख्या ८ लाख नाघेको, बीमितहरुको लागि ६१–८० को उच्चतम बोनस दर कायम गर्न सक्षम रहेको उनले उल्लेख गरिन्।
प्रस्तावित ६० प्रतिशत हकप्रद शेयर जारीपछि २०७५ साल असार मसान्तभित्र चुक्ता पुँजी २ अर्ब पुर्याउने कम्पनीको लक्ष्य छ।