सेयर बजारमा सबैभन्दा उच्च मूल्य रहेको युनिलिभर नेपालको नाफासँगै प्रतिसेयर आम्दानी खस्किएको छ।
कम्पनीले सार्वजनिक गरेको यस आवको दोस्रो त्रैमासिक विवरणअनुसार खुद नाफा १५ करोड ३० लाख रुपैयाँ छ। उसको नाफामा ३ करोड ४८ लाखले कमी आएको छ। गत वर्षको यस अवधिमा १८ करोड ७८ लाख कमाएको थियो।
युनिलिभरको नाफासँगै प्रतिसेयर आम्दानीमा भारी गिरावट आएको छ। हाल उसको प्रतिसेयर आम्दानी १६६ रुपैयाँ छ। जवकि गत वर्ष यस अवधिमा यो २०४ रुपैयाँ थियो।
संचालन आम्दानी घट्नु र विभिन्न लागतमा भएको वृद्धिले कम्पनीको नाफामा गिरावट आएको हो। गत वर्ष १ अर्ब २१ करोड संचालन आम्दानी भएकोमा यो पटक १ अर्ब ५ करोडमा झरेको छ।
कम्पनीको प्रतिसेयर नेटवर्थ खस्किएको छ। गत वर्ष १४७४ रहेको नेटवर्थ अहिले १३७७ मा छ। कम्पनीको बजारमा सेयर मूल्य प्रतिकित्ता २८ हजार रुपैयाँ छ।