जनता बैंकको कास्की र कैलालीमा दुई शाखाहरु संचालनमा आएका छन्। पोखराको लेकसाइड, र कैलालीको अत्तरीयामा दुई शाखाहरु संचालनमा आएका हुन्।
लेकसाइड शाखाको पोखारा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र बैंकका संचालक रामबहादुर भण्डारीले संयूक्त रुपमा उदघाटन गरे।
अत्तरीया शाखाको गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउद र संचालक गौतमप्रसाद खनालले संयुक्त रुपमा उद्घाटन गरे।
यीसहित देशभर बैंकको शाखा संख्या ९४, शाखारहित सेवा २६ पुगेको छ। बैंकका ६७ एटिएम काउन्टर संचालनमा छन्। बैंकले ५२ अर्ब ४४ करोड निक्षेप संकलन गरी ४९ अर्ब २४ करोड कर्जा परिचालन गरेको छ। चुक्ता पुँजी ८ अर्ब ७ लाख छ।