लाइफ ईन्स्योरेन्स कर्पोरेसन (एलआइसी)को सेयर रजिष्ट्रारमा एसबिआई मर्चेन्ट बैंक नियुक्त भएको छ।
नियुक्तसँगै बैंकले एलआइसीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिलखारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लागत अद्यावधिक गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्ने छ।
एक समारोहका बीच एसबिआईका तर्फबाट प्रबन्ध संचालक रमेश घिमिरे र एलआइसीका तर्फबाट प्रबन्ध संचालक अभिजीत घोस दस्तिदारले नियुक्त सम्वन्धमा हस्ताक्षर गरे।
विगत एक वर्षदेखि मर्चेण्ट बैकिङ्ग व्यवसायगर्दै आएको नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नेपाल एसबिआई बैकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।