एनआइसी एसिया बैंकका २ शाखा बझाङ जिल्लाको चैनपुर र धादिङ्ग जिल्लाको निलकण्ठमा खुलेका छन्। जयपृथ्वी नगरपालिकाका मेयर
बिरेन्द्र बहादुर खड्काले बझाङ र निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले धादिङ्गवेशी शाखाको उद्घाटन गरे।
उल्लेखित २ शाखा सँगै हाल यस बैंकको अधिराज्यभर १७० शाखा कार्यालय, १६८ एटिएम एवम् ४ एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आईरहेको छ।
देशका विभिन्न स्थानमा थप शाखा संचालन गर्ने योजना रहेको बैंकले जनाएको छ।