ग्लोबल आइएमई बैंकले सोमबारदेखि रोल्पा जिल्लाको माडी गाउँपालिकास्थित घर्ती गाँउमा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ।
सो सेवाको मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले एक समारोहका बीच उद्घाटन गरे। उक्त स्थानमा खोलिएको सेवाको लागि बैंकले स्थानीय कमल घर्ती मगरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर शाखारहितसेवा सुरु गरिएको बैंकले जनाएको छ।
बैंकका हाल ११५ वटा शाखा, १२७ एटिएम, ६९ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन्।