एनआईसी एसिया बैंकको नयाँ शाखा तिलोत्तमा नगरपालिका कोटिहवामा खुलेको छ।
एक समारोहकाबीच नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोककुमार पौडेलले शाखाको उद्घाटन गरे।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो।
कोटिहवा शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७३ शाखा कार्यालयहरु, १७२ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट सेवा संचालन भइरहेको छ।