बुधबार सेयर बजारको परिसुचक नेप्से ८ अंकले बढेको छ।
सो अंक बढे संगै नेप्से १३८८ अंकमा कायम भएको छ। १५५ कम्पनीको ३८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
फाइनान्स २, उत्पादन ५ र अन्य १ अंकले घटेका छन्। यस बाहेक सबै उपसुचकहरु बढेका छन्।
बैंकिङ ५, ब्यापार ०.२, होटल १०, बिकास बैंक २, हाइड्रोपावर १८, इन्सुरेन्स १२१ र माइक्रोफाइनान्स उपसुचक २० अंकले बढेका छन्।
धेरै कारोबार हुने कम्पनीमा नेपाल लाइफ इन्सुरेन्स पर्मोटर सेयर अग्रस्थानमा रह्यो जसको ५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
प्रभु बैंक र इन्भेष्टमेन्ट बैंकको पर्मोटर सेयर पनि कारोबारको आधारमा अग्रस्थानमा रहे।
आरएसडिसी लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले सबै भन्दा धेरै १० प्रतिशत कमाए। त्यस्तै प्रिमियर इन्सुरेन्सको शेयर मुल्य ७ प्रतिशत बढ्यो।
त्यस्तै कन्चन डेभलपमेण्ट बैंकका लगानीकर्ताले सबै भन्दा धेरै ५ प्रतिशत गुमाए। ङादी ग्रुप पावर कम्पनीका लगानीकर्ताले पनि ४ प्रतिशत गुमाए।