प्रभु बैंक ले महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकले एक समारोहका विच बैंकको शाखा कार्यालय उद्घाटन गरेका थिए।
उद्घाटनका क्रममा पाठकले उक्त शाखा बिस्तार भए संगै यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा सर्वसाधारणलाई सहज रुपमा बैंकिङ्ग सेवा उपलब्ध हुने बताए।
नयाँ शाखा बाट स्थानीय यस क्षेत्रको समग्र आर्थिक विकास, सर्वसाधारण, फर्म, कम्पनी तथा संघ संस्थाले बैंकको सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।