ग्लोबल आइएमई बैंकले रुकुमको सानीभेरी गाउँपालिका ९ सिम्लीमा आफ्नो ७० औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जानकारी दिएको छ।
११५ शाखा, १२७ एटिएम, ४ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७० शाखा रहित बैंकिङ्ग सेवा माफर्त बैंकले सेवा दिइरहेको छ।