सिद्धार्थ बैंकले महोत्तरीको गौशालामा नयाँ शाखा विस्तार गरेको छ। बैंकिङ सेवा नपुगेका प्रत्येक स्थानीय तहमा शाखा विस्तार गर्ने सरकारी लक्ष्यअनुरुप शाखा स्थापना गरिएको बैंकले जानकारी दिएको छ।
स्थापना भएको नयाँ शाखाबाट बैंकका अन्य शाखाहरुबाटसबै प्रकारका निक्षेप तथा कर्जा कारोवार, रकम भुक्तानी लगायतका सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन्।
्यो सहित बैंकले हाल देशभर ९३ वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवामार्फत् सेवा दिइरहेको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्म बैंकले कुल निक्षेप ८७ अर्ब ५करोड र कर्जा लगानी ७८ अर्ब ५६ करोड रुपैयाँ गरिसकेको छ।