आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले दाङको घोराहीमा शाखा संचालनमा ल्याएको छ।
आजदेखि संचालन भएको शाखाको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले उद्घाटन गरेका थिए।
योसँगै २७ शाखा, ४ उपशाखा तथा १० सेवा काउण्टरबाट कम्पनीले सेवा दिइरहेको छ।
३६५ दिने बीमा सेवा प्रदान गरिरहेको जानकारी दिंदै कम्पनीले चालु वर्षको दोश्रो त्रैमासिकसम्म ३२१५५ बीमालेखबाट करिब ४३ कारोड बीमा शुल्क आर्जन गरिसकेको छ।