विदेशी मुद्राको विनिमय दरमा दैनिक फेरबदल भइरहन्छ। बिदेशबाट र बिदेशमा पैसा पठाउँदा मुद्राको दर बुझेर कारोबार गर्दा पाउने र पठाउने हिसाबमा अन्योल हुँदैन।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सटहीदर अनुसार आइतबार अमेरिकी डलरको खरिददर १०२ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४ पैसा रहेको छ।
युरोपको खरिद मूल्य १२७ रुपैयाँ ९० पैसा र बिक्रीदर १२८ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै युके पाउण्ड स्टर्लिङको खरीद मूल्य १४४ रुपैयाँ २२ पैसा र बिक्री १४५ रुपैयाँ ७ पैसा कायम भएको छ।
साउदि रियलको खरिद मूल्य २७ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य २७ रुपैयाँ ४८ पैसा रहेको छ भने कतारी रियालको खरीद मूल्य २८ रुपैया १४ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ३० पैसा कायम भएको छ।
त्यस्तै युएइ दिरामको खरीद मूल्य २७ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ५ पैसा रहेको छ। मलेसियन रिङगेटको आज खरिद मूल्य २६ रुपैयाँ ३० पैसा र बिक्री मूल्य २६ रुपैयाँ ४६ पैसा तोकिएको छ।
बाणिज्य बैंकहरुमा पैसा सटही गर्दा केहि रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।