आइतबार सेयर बजारको परिसुचक नेप्से ११ अंकले घटेको छ।
१५९ कम्पनीको ५९ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। यस दिन उत्पादन बाहेक सबै उपसुचकहरु घटेका छन्।
बैंकिङ २, होटल २८, बिकास बैंक २१, जलविधुत ३४, फाइनान्स ८, विमा १०७, अन्य ९ र माइक्रोफाइनान्स ३० अंकले घटेका छन्।
धेरै कारोबार हुनेमा नेपाल इन्भेष्टमेन्ट बैंक अग्रस्थानमा रह्यो जसको २ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
कारोबारको हिसाबले सानिमा बैंक र नबिल बैंक पनि अग्रस्थानमा रहे।
बोटलर्स कम्पनि ४ र छाङदी हाइड्रोपावरका लगानीकर्ताले सबै भन्दा धेरै ३ प्रतिशत कमाए।
प्रोग्रेसिभ फाइनान्स ७ र सहयोगी बिकास बैंकका लगानीकर्ताले सबै भन्दा बढि ५ प्रतिशत गुमाए।