सिद्धार्थ बैंकले सर्लाहीको लालबन्दीमा नयाँ शाखा स्थापना गरेको छ।
यस शाखाबाट नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको नीति निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुने बैंकले जनाएको छ।
बैंकबाट सर्वसाधारणले सबै प्रकारका बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन्।
यस शाखाबाट स्थानीय स्तरमा बैंकिङ्ग पहुँच बढाउन बैंकले बचत संकलन, कर्जा परिचालन जस्ता सेवामार्फत आर्थिक गतिविधि बढाउने बिश्वास लिएको बैंकले जनाएको छ।
बैंकका अनुसार निकट भविष्यमा पहुँच नपुगेका अन्य गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार हुनेछ।
नयाँ शाखा सहित बैंकले हाल देशभर ९४ वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा, १०५ एटिएम र ६५० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
आर्थिक वर्ष २०७४/०७५को माघ मसान्त सम्म बैंकले कुल निक्षेप ८७ अर्ब ५ करोड रुपैयाँ र कर्जा लगानी ७८ अर्ब ५६ करोड रुपैयाँ गरेको छ।