एनआईसी एसिया बैंकको नयाँ शाखा रुपन्देहीको देवदह नगरपालिकास्थित खैरेनीमा खुलेको छ। रुपन्देहीस्थित खैरेनी शाखाको देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले उदघाटन गरे।
खैरेनी शाखासँगै बैंकका अधिराज्यभर १७९ कार्यालयहरु संचालनमा आएका छन्। १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट बैंकले सेवा प्रदान गर्दै आएको छ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य स्थानमा पनि शाखा खोल्दै जाने जनाएको छ।