सेयर बजारको परिसुचक नेप्से बुधबार ९ अंकले घटेको छ।
बजार १३८७ अंकमा कायम हुँदा १ सय ५४ कम्पनीको २८ करोड ५५ लाख रुपैंयाको बराबरको कारोबार भएको थियो। यस दिन सबै उपसुचकहरु घटेका छन्।
बैंकिङ ८, होटल १९, बिकास बैंक १२, जलविधुत १८, फाइनान्स ५, विमा ३६, उत्पादन ९, अन्य ६ र माइक्रोफाइनान्स ३ अंकले घटे।
यस दिन ओम डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै रकमको कारोबार भयो। यसको ३ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भयो। ३ करोड १० लाख रुपैयाँको बराबरको कारोबार भएको राष्ट्रिय विमा कम्पनी पनि कारोबारको हिसाबले अगाडि रह्यो।
सुर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ३ प्रतिशत कमाए। स्वदेशी लघुवित्त वित्तीय संस्थाको मुल्य १ प्रतिशतले बढेको छ।
युनाइटेड मोदि हाइड्रोपावरका लगानीकर्ताले सबै भन्दा धेरै ५ प्रतिशत गुमाए। ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३ प्रतिशत धेरै गुमाएर गुमाउनेमा अग्रस्थानमा रहे।
वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड र फाइनान्सको १९ गते हुन लागेको साधारण सभाको लागि ११ देखि १९ गते सम्म शेयर दर्ता बन्द हुने भएको छ।