सेञ्चुरी बैंकले देशको ग्रामीण भेगका जनता माझ बैंकिङ्ग पहुंच पुर्याउने उद्देश्यले पाँच शाखा खोलेको छ।
खोटाङ्गको लामिडांडा, अर्घाखाँचीको भुमिकास्थान, रुकुमको आठबिसकोट, मोरङ्गको ग्रामथान र सर्लाहीको गोडैटा नगरपालिका गरी पाँच शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको बैंकले जनाएको छ। उल्लेखित साखा कार्यालयको बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले केन्द्रिय कार्यलयबाट उद्घाटन गरे।
२०६७ देखि काठमाण्डौंको पुतलीसडक स्थित प्रधान कार्यालयबाट कारोवार सुरु गरेको बैंकले हालसम्ममा ९४ वटा शाखाहरुबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।