स्वदेशी लघुवित्तले १ बराबर १ को अनुपातमा सेयरधनीलाई जारी गर्न लागेको हकप्रद सेयरका लागि एनआइसी एसिया क्यापिटललाई बिक्री प्रवन्धकको जिम्मा दिएको छ।
कम्पनीले ११ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ।
बिक्री प्रवन्धकको रुपमा काम गर्ने सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत पुण्य प्रसाद खनियाले हस्ताक्षर गरे।
एनआईसी एसिया क्यापिटलले निःशूल्क डिम्याट खाता साथै प्रथम वर्षको डिम्याट खाता संचालन निः शूल्क गरेको छ।