ग्लोबल आइएमई बैंकले तनहुँ र लमजुङ जिल्लामा दुई शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ।
तनहुँको जिल्लाको भानु नगरपालिकास्थित कालिमाटीमा र लम्जुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिकास्थित सोतीपसलमा शाखारहित बैकिङ्ग सेवा सुरु गरिएको बैंकले जनाएको छ।
कालिमाटीमा स्थानीय उपेन्द्र बाबु तिवारीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ। कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै शाखारहित बैंकिङ्ग सेवा सुरु गरिएको बैंकले जनाएको छ।
बैंकले हाल ११५ शाखा, १२७ वटा एटिएम तथा ७२ शाखा रहित बैंकिङ्ग सेवा संचालन गर्दै आइरहेको छ।