साउदी अरबको बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिट्यान्स सेवामा सम्झौता भएको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र अल बिलाद बैंकको तर्फबाट बैंक प्रमुखहरु साद अल द्रीस र अह्मेद अल एनाजिले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
अब एन्जाज सर्भिस सेन्टरको १ सय ७९ रेमिटान्स सेन्टरबाट नेपालीहरुले सिधैं नगद पठाउन वा नेपालमा रहेको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न सक्ने छन्।
सिटी एक्सप्रेसले बिगत ११ बर्ष देखि रेमिटान्स सेवा दिइरहेको छ। सिटी एक्सप्रेसको नेपालमा ५ हजार ५ सय भन्दा एजेन्टहरु रहेका छन्।