सानिमा बैंकले पाल्पाको तानसेनमा नयाँ शाखा स्थापना गरेको छ। बैंकिङ सेवा विस्तार गर्ने दीर्घकालिन लक्ष्यअनुसार नै नयाँ शाखा खोलिएको बैंकले जानकारी दिएको छ।
हाल देशभर ५८ शाखा, १ एक्सटेन्सन र ६७ एटिएममार्फत् सेवा दिइरहेको बैंकको यो ५९ औं शाखा हो। नयाँ शाखाको उद्घाटन मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले गरेको बैंकका एसिस्टेन्ट म्यानेजर तारानाथ न्यौपानेले जानकारी दिए।
गएको आर्थिक वर्षसम्म बैंकको पुँजीकोष १५ दशमलब ५७ प्रतिशत थियो भने निष्कृय कर्जा ० दशमलब ०१ प्रतिशतमात्र रहेको बंैंकको कर्जा निक्षेप अनुपात ७१ दशमलब ६६ प्रतिशत थियो।