नेपालबाट पलायन हुनेको संख्या दिनानुदिन बढ्दो छ। बिशेषतः पैसा कमाउनकै लागि बिदेश जाने गरेको पाइन्छ तर अाजभाेली बिदेश गएर पढ्ने चलन पनि बढेको छ।
पैसा कमाउन गएकाले घरमा पैसा पठाउन होस् वा पढ्न गएका आफन्तलाइ गाह्रो परेको अवस्थामा बिदेशमा पैसा पठाउन परिवर्तन भइरहने बिनिमय दर सम्बन्धी जानकारी हुनु आवश्यक हुन्छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सटहीदर अनुसार शुक्रबार अमेरिकी डलरको खरिददर १०३ रुपैयाँ ९८ पैसा छ र बिक्रीदर १०४ रुपैयाँ ५८ पैसा रहेको छ।
युरोको खरिद मुल्य १२६ रुपैयाँ ७० पैसा छ भने बिक्रीदर १२७ रुपैयाँ ४३ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्टर्लिङको खरिद मुल्य १४२ रुपैयाँ ८७ पैसा रहेको र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा रहेको छ।
साउदि रियालको खरिद मुल्य २७ रुपैयाँ ७३ पैसा र बिक्रीदर २७ रुपैयाँ ९ पैसा छ भने कतारी रियालको खरिद मुल्य २८ रुपैया ५६ पैसा र बिक्रीदर २८ रुपैयाँ ७२ पैसा रहेको छ।
त्यस्तै युएई दिरामको खरिद मुल्य २८ रुपैयाँ ३१ पैसा र बिक्रीदर २८ रुपैयाँ ४७ पैसा रहेको छ। मलेसियन रिङगेटको खरिद मुल्य आज २६ रुपैयाँ ४७ पैसा र बिक्रीदर २६ रुपैयाँ ६२ पैसा तोकिएको छ।
बाणिज्य बैंकहरुमा सटही कारोबार गर्दा केहि रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।