बाजुराको गौमुल गाउँपालिकाले सहरकारीलाइमात्र प्राथमिकता दिने भन्दै त्यहाँ रहेका बैंक तथा वित्तिय संस्थालाई बन्द गर्न आदेश दिएको छ।
गाउँपालिकाले फागुन १० गते पत्र लेख्दै किसान माइक्रोफाइनान्स, निर्धन उत्थान विकास बैंक र डिप्रोस लघुवित्त वित्तीय संस्थालाई एकमहिनाभित्र कारोबार बन्द गर्न उर्दी जारी गरेको छ।
‘गाउँसभाबाट स्थानीय सहकारीलाईमात्र बढवा दिने निर्णय भएकोले बैंक तथा फाईनान्सहरुको यस गाउँपालिकाको जुनसुकै वडाहरुमा समूह गठन भई वित्तीय कारोबार संचालनमा छ भने एकमहिनाभित्र कारोबार बन्द गरि समूहका सदस्यको रकम फिर्त गरेर सोको जानकारी यस गाउँपालिकामा गर्नुहुन अनुरोध गरिन्छ।’ निर्धन उत्थान विकास बंैंक, डेप्ररोक्स लघुवित्त संस्था र किसान माइक्रो फाइनान्सको नाममा काटिएको पत्रमा उल्लेख गरिएको छ।