ग्लोबल आइएमई बैंकले शनिबार देखि मोरङ्गको पथरी शनिश्चरे नगरपालिका, कुशल चोकमा आफ्नो ७३ औँ र सप्तरीको शम्भुनाथ नगरपालिका, कठौना बजारमा ७४ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ।
मोरङ्ग जिल्लाको कुशल चोकमा खोलिएको शाखा रहित बैंकिङ्ग सेवाको पथरी शनिश्चरे नरपालिकाका उप–मेयर यमुना बिष्ट तथा ग्लोबल आइएमई बैंक लिमिटेडका रेमिट्यान्स प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा उद्घाटन गरे।
उक्त सेवाको लागि स्थानिय सोमनाथ आचार्यलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ।
त्यसैगरी सप्तरी जिल्लाको कठौनामा खोलिएको सेवाको शम्भुनाथ नगरपालिकाका मेयर योगेन्द्र प्रसाद चौधरी तथा ग्लोबल आइएमई बैंक लिमिटेडका रेमिट्यान्स प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा उद्घाटन गरे।
कठौनामा खोलिएको सेवाको लागि स्थानिय शिव नारायण चौधरीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा लिन टाढा पुग्नुपर्ने बाध्यता अब टरेको बैंकले जिकिर गरेको छ।
ग्लोबल आइएमई बैंककोे १२० वटा शाखा, १२८ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेकोबैंकले जनाएको छ।
बैंकका अनुसार अत्याधुनिक प्रविधियुुक्त भाईवर, मोबाइल, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया , बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ।
त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ।