नेपाल इन्भेष्टमेण्ट बैंकले रुपन्देहीको भैरहवा शाखा कार्यालयलाई सोही सिदार्थनगर नगरपालिकाको नारायणपथ स्थित आफ्नै नवनिर्मित भवनमा सारेको छ।
पहिलेको कारोवार स्थान सानो भएकाले बैंकले सुविधा सम्पन्न भवन निर्माण गरी शाखा सारेको हो। बैंकले हाल ६६ वटा शाखा मार्फत बैंकिङ सेवा दिइरहेको छ।
बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको जनाएको छ।
बैंकले हाल ९८ वटा एटिएम बाट सेवा प्रदान गर्दै आएको छ। ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको ६३ वटा शाखा रहित बैंकिङ सुविधाका साथै ३०० बढी भिजा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ।
निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी १०.६२ अर्ब रुपैयाँ रहेको यस बैंकको हाल निक्षेप १ सय ३० अर्ब रुपैयाँ तथा कूल कर्जा लगानी १ सय १४ अर्ब रुपैयाँ पुगेको छ।