मुक्तिनाथ विकास बैंकको ललितपुर महानगरपालिका स्थित लगनखेल कर्मचारी संचय कोषको भवनमा अवस्थित बैंक शाखाकोे नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र पुरुष ढकालले उद्घाटन गरेका छन्।
उक्त उद्घाटन कार्यक्रमको सभापतित्व बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले गरेका थिए।
उक्त कार्यक्रममा बैंकका संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले स्वागत मन्तव्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको बारेमा व्याख्या गरेका थिए।
शुभकामना मन्तव्य कै क्रममा ललितपुर मलका प्रबन्ध निर्देशक नेपाल डंगोलले नेपाली समाज सुहाउँदो बित्तीय सेवाहरु संचालन गरी कारोबार संचालनमा ल्याई सर्वसाधारणलाइ सुविधा भएको साथै आफ्नो समर्थन र सहयोग रहने बताए।
कार्यक्रमका प्रमुख अतिथि दिपेन्द्र पुरुष ढकालले बैंकिङ्ग क्षेत्रमा वित्तीय क्षेत्रको विकासले देश विकासमा बैंकिङ्ग र वित्तीय क्षेत्रको योगदानको चर्चा गरेका थिए।
उद्घाटन कार्यक्रमको अन्त्यमा बैंक संचालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद दिंदै बैंकको प्रगतिमा साथ दिन सबैलाई अनुरोध गरेका थिए।
बैंकले माघ मसान्तसम्म कुल निक्षेप २१ अर्व ९२ करोड रुपैयाँ पुगेको र कुलकर्जा लगानी. २० अर्व १ करोड रुपैयाँ पुगेको जनाएको छ।