आइतबार एकै दिन ३ प्रतिशतले गिरावट आएको नेप्से परिसुचक आज सोमबार पनि घट्ने क्रम जारी रहेको छ।
कारोबारको पहिलो घण्टामा केहि उकालो चढेर १३१९.५१ अंकमा पुगेको सुचक दोस्रो घण्टा देखी फेरी घट्न थालेको हो।
नेप्से परिसुचक समाचार तयार पार्दा सम्म १६.५६ अंकले घटेर १२८७.१९ अंकमा झरेको छ।
१४२ कम्पनीको २६ करोड ३३ लाख रुपैयाँ बराबरकोे शेयर कारोबार हुँदा ब्यापार बाहेक सबै उपसुचकहरु घटेका छन्।