शेयर बजारको परिसुचक नेप्से सोमबार १६.६९अंकले खस्केको छ।
कारोबारको पहिलो घण्टामा केहि बढेको सुचक दोस्रो घण्टा देखि झर्न थालेको हो।
सुचक उच्चतम बिन्दुमा पुग्दा १३१९.५१ अंकमा रहेको थियोे भने न्यनतम १२८६.७७ अंक सम्म झरेको थियो। यस दिन १५३ कम्पनीको ३९ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भयो।
यस दिन होटल र ब्यापार बाहेक सबै उपसुचकहरु घटेका छन्। ब्यापार ६ र होटल २ अंकमुनि हरियो रहे।
बैंकिङ ९, बिकास बैंक ११, हाइड्रोपावर ४५, फाइनान्स ६, इन्सुरेन्स ११९, उत्पादन ४६, अन्य १०, माइक्रोफाइनान्स ४३ अंकले घटेका छन्।
यस दिन नेपाल लाइफ इन्सुरेन्सको सबै भन्दा धेरै रकमको कारोबार भयो। यसको २ करोड ३६ लाख रुपैयाँको कारोबार भयो।
बढि कारोबार गर्नेमा स्टान्डर्ड चाटर्ड पनि अग्रस्थानमा रह्यो। जसको १ करोड ९५ लाख रुपैयाँको कारोबार भयो।
धेरै नाफा कमाउनेमा सुर्योदय लुवित्त वित्तिय संसथाका लगानीकर्ता रहे। जसका लगानीकर्ताले ९८ प्रतिशत कमाए। त्यस्तै धेरै कमाउनेमा विशाल बजार कम्पनीका लगानीकर्ता पनि अगाडी रहे।
हिमालयन डिस्टिलरी लिमिटेडका लगानीकर्ताले सबै भन्दा धेरै ९ प्रतिशत गुमाए। त्यस्तै गुमाउनेमा मन्जुश्री फाइनान्समा लगानीकर्ता पनि अगाडि रहे।