ग्लोबल आइएमई बैंकले सिराहाको अर्नमा गाँउपालिका महानौरमा आफ्नो ७५ औँ, धनुषाको पिपरा गाँउपालिका रतौलीमा ७६औँ र धनुषाकै नगर्राइन गाँउपालिका फुलगामामा ७७औँ शाखा रहित बैकिङ्ग सेवा सुरु गरेको छ।
सिराहाको महानौरमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय सिता राम महतो, धनुषाको लागि सुरेन्द्र कुमार मण्डल र उक्त जिल्लाकै फुलगामामा लागि दिपेन्द्र प्रसाद शाहलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ।
धनुषाको फुलगामामा खोलिएको शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोहमा त्यस क्षेत्रका बासिन्दामा वित्तीय साक्षरता जगाउने उद्धेश्यले “वित्तीय साक्षरता कार्यक्रम” पनि आयेजना गरेको बैंकले जनाएको छ।
उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका “तालिम तथा बैंक बिज्ञ” पुर्णमान नापितले स्थानीय विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीयवासीलाई बैंक तथा वित्तिय संस्थाको आवश्यकता र औचित्यका बारेमा बारेमा जानकारी गराएको बैंकले जनाएको छ।