सेञ्चुरी कमर्सियल बैंक र सानिमा लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता भएको छ।
सम्झौता अनुसार ग्राहकले सेञ्चुरी बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने जनाइएको छ।
उक्त सम्झौतापत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र सानिमा लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गरेका थिए।