अमेरिकी डलर महँगिएको छ। दुई साताको अवधिमा डलर १ रुपैयाँ ४४ पैसाले महँगिएको हो।
दुई साता अगाडि अमेरिकी डलरको खरिददर मूल्य १०२ रुपैयाँ ४४ पैसा तथा बिक्रीदर १०३ रुपैयाँ ०४ पैसा रहेकोमा आज मंगलबार खरिद मूल्य १०३ रुपैयाँ ८८ पैसा तथा बिक्रीदर १०४ रुपैयाँ ४८ पैसा छ।
विगत एक महिनालाई हेर्दा डलरको मूल्य १ रुपैयाँ ६८ पैसाले बढेको छ। एक महिना अगाडि डलरको खरिद मूल्य १०२ रुपैयाँ २० पैसा तथा बिक्रीदर मूल्य १०२ रुपैयाँ ८० पैसा थियो।