माछापुच्छ्रे बैंकको मंगलबार सम्पन्न विशेष साधारण सभाको निर्णय बमोजिम बैंकले आफ्नो रजिष्टर्ड (केन्द्रीय) कार्यालय गण्डकी अञ्चल बाट काठमाडौंको लाजिम्पाट स्थित एम.बी.एल. टावरमा सोमबारदेखि स्थानान्तरण गरेको छ।
२०५४ सालमा पोखरामा स्थापना भई संचालनमा रहेकोमा बैंकको केन्द्रीय कार्यालय पोखरा तथा कर्पोरेट कार्यालय काठमाडौंमा रहेको थियो।
बैंकले आफ्ना ६२ वटा शाखा, ८६ वटा एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर लगायत १४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानवाट बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ। साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।