बुधबार शेयर बजारको परिसुचक नेप्से १८ अंकले बढेको छ। आजको कारोबार पछि नेप्से १३१५ अंकमा कायम भएको छ।
नेप्से कारोबारको सुरु देखि नै बढेको थियो। यस दिन १५८ कम्पनीको ४२ करोड ६८ हजार रुपैयाँ बराबरको कारोबार भयो।
यस दिन उत्पादन २ अंकले घटेपनि अरु उपसुचकहरु बढेका छन्।
बैंकिङ १५, ब्यापार ३, होटल २४, बिकास बैंक १९, हाइड्रोपावर ३०, फाइनान्स ५, इन्स्योरेन्स १६१, अन्य ३ र माइक्रोफाइनान्स २५ अंकले बढेका छन्।
यस दिन नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै रकमको कारोबार भयो। यस दिन यसको २ करोड ७८ लाख रुपैयाँको कारोबार भयो।
त्यस्तै धेरै रकमको कारोबार हुने कम्पनीमा नबिल बैंक पनी अग्र स्थानमा रह्यो। यसको २ करोड २२ लाख रुपैयाँको कारोबार भयो।
धेरै नाफा कमाउनेमा सुर्योदय लघुवित्त वित्तीय संस्था र हिमालयन डिस्टिलरीका लगानीकर्ता रहे। उनीहरुले सबै भन्दा धेरै ९ प्रतिशत कमाए।
भारगव बिकास बैंकका लगानीकर्ताले सबै भन्दा धेरै ४ प्रतिशत गुमाए। त्यस्तै मिरमिरे माक्रोफाइनान्सका लगानीकर्ताले २ प्रतिशत गुमाए।