सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ।
उक्त सम्झौता पत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र नेपाल इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहले हस्ताक्षर गरे।
सम्झौता पछि सिटिजन्स बैंकका ग्राहकले बैंकको कुनैपनि शाखाबाट नेपाल इन्स्योरेन्स कम्पनीको निर्जिवन बीमा गर्न, प्रिमियम रकम बुझाउन, बिमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा लिन सक्ने बैंकले जनाएको छ।
यस बैंकले काठमाडौं उपत्यका भित्र २४ र बाहिर ४३ गरी कुल ६७ वटा शाखा, ६५ वटा एटिएम काउन्टर र ९९ वटा शाखा रहित बैकिङ्ग सेवाबाट सेवा प्रदान गर्दै आएको जनाएको छ।