बैंक अफ काठमाण्डू र एभरेष्ट इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता भएको छ।
बैंक अफ काठमाण्डूका बजार व्यवस्थापन विभागका प्रमुख रितेश लामिछाने र एभरेष्ट इन्स्योरेन्सका नायव महाप्रवन्धक प्रदिप मोहन धौभडेलले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
यस सम्झौता पछि बैंकका ग्राहकले जुनसुकै शाखाबाट एभरेष्ट इन्स्योरेन्सका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, बिमा लेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।