एनआईसी एसिया बैंकले ‘धनवर्षा मुद्दती खाता’ पुनः संचालनमा ल्याएको छ।
१ बर्ष अवधिकोे उक्त मुद्दती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा व्याज भुक्तानी गरिने बैंकले जनाएको छ।
यसका १८० शाखा मध्ये जुनसुकैबाट मुद्दती खाता खोल्न सकिने र मुद्दती रसिदको धितोमा मौज्दातको ९० प्रतिशत सम्म कर्जा समेत उपलब्ध गराउने बैंकले जनाएको छ।
बैंकका मुलुकभर १८० शाखा कार्यालय रहेका छन् ।
त्यस्तै १८३ एटिएम, ४ एक्स्टेन्सन काउन्टर, ३ शाखारहित बैंकिङ सेवा एवम् ५ हजार भन्दा बढि रेमिट्यान्स पेआउट एजेन्टहरु संचालनमा छन्।