सिभिल बैंक र एभरेस्ट इन्स्योरेन्स बिच निर्जीवन विमा सम्बन्धी सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एभरेस्ट इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे।
यस सम्झौता पश्चात एभरेस्ट इन्स्योरेन्सको निर्जीवन वीमा झन्झट विना ग्राहकलाइ प्रदान गर्ने गुरुङले बताए।
बैंकले यसअघि मेटलाइफ र एलआईसी नेपाल संग सम्झौता गरी जीवन वीमा सेवा पनि उपलब्ध गराउँदै आइरहेको जनाएको छ।